माथिल्लो मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा आजसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँड गरे पश्चात् असोज १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता सेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ को मोबाइल एप तथा वेवसाइटबाट अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन् ।

Comments

Back to top