उच्च अंकले घट्यो नेप्से, २१३ कम्पनीको मूल्यमा गिरावट!

पहिलो कारोबारको दिन सेयर बजार उच्च अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८९ कम्पनीको कुल ५८ लाख १५ हजार १८९ कित्ता सेयर १ अर्ब ८० करोड १७ लाख रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १६ कम्पनीको सेयर मूल्य बढेको छ, २१३ कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.७२ प्रतिशत घटेको छ। 

प्रमुख कारोबार

यस दिन टप गेनरमा बाराही हाइड्रो पावर पब्लिक लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.५९% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा हिमालयन लघुवित्त वित्तीय संसथा लिमिटेड र गरिमा डिभेन्चर २०८५ रहेको छ जसको १०% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन शिवम् सिमेन्टस् लिमिटेड रहेको छ। सो कम्पनीको यस दिन ६ करोडको ७३ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा भने सानिमा बैँकको प्रमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top