प्रिओपन सेसनमा नेप्सेमा ६.८७ अंकको वृद्धि !
आज आइतबार प्रिओपन सेसनमा नेप्से ६.८७ अंकले बढेको छ l
बिहिबार ११.०४ अंकले घटेर १९५६.९२ मा बन्द भएको नेप्से प्रिओपनपछि १९६३.८० मा खुलेको हो। कुल ५,६७७ कित्ता सेयरको खरिदबिक्री करिब १९ लाख १३ हजारमा कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ६० कम्पनीमध्ये ३० को मूल्य बढ्यो भने २३ को मूल्य घट्यो। बाँकी ७ कम्पनीको मूल्यमा परिवतर्न छैन।
यस अवधीमा कुल १०७ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments