आरएसडिसी लघुवित्तको लाभांश घोषणा

आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०७९–८० का लागि लाभांश घोषणा गरेको छ ।

संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ८.६० प्रतिशतले हुन आउने ७ करोड ४७ लाख ८२ हजार ८६५.२२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशतले हुन आउने ३९ लाख ३५ हजार ९४०.२७ रुपैयाँ बराबरको नगद लाभांश छन्।

 

Comments

Back to top