प्रभु क्यापिटलको साधारण सभा सम्पन्न, लाभांश पारित

प्रभु क्यापिटलले १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६ दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गरेको छ । आर्थिक वर्ष ८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

Comments

Back to top