नेपाल वेयरहाउजिङ्गले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक १० गतेदेखि आईपीओ निष्कासन गर्ने

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि छुट्याएको शेयरमध्ये १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता आईपीओ कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गर्न लागिएको हो । 

प्रति शेयर १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो । आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरको १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । 

कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आरक्षित आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गर्न लागिएको हो । नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूले आवेदन दिन सक्नेछन् ।

Comments

Back to top