सोनापुर मिनरल्सको आईपीओमा अन्तिम दिनसम्म साढे तीन अर्ब बढीको आवेदन

सोनापुर मिनरल्सको आईपीओमा अन्तिम दिनसम्म ११ लाख १३ हजार ८५५ आवेदकले १ करोड ४७ लाख ६५ हजार १२० कित्ता शेयरका लागि ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २१० रुपैयाँको आवेदन दिएका छन् ।

कम्पनीले असोज १४ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता सुरक्षित गरि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्ताका लागि आवेदन खुलाएको थियो । कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

Comments

Back to top