सेयर बजारको ओरालो यात्रा कायामै, ११ अंकले घट्यो नेप्से!

अन्तिम दिन सेयर बजार केही अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ११.०४ अंकले घटेर १९५६.९२ विन्दुमा झरेको हो।

यस दिन कारोबार भएका २८० कम्पनीको कुल ३५ लाख ६२ हजार ६२४ कित्ता सेयर १ अर्ब १० करोड ६५ लाख रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४८ कम्पनीको सेयर मूल्य बढेको छ, १७२ कम्पनीको मूल्यमा गिरावट छ भने, १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

आज कारोबार भएका १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक १.१७ प्रतिशत घटेको छ।

 

प्रमुख कारोबार

यस दिन टप गेनरमा बाराही हाइड्रो पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.३०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा इन्फिनिटी लघुवित्त वित्तीय संसथा लिमिटेड रहेको छ जसको ९.९४% ले सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यसदिन सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ। सो कम्पनीको यस दिन ४ करोडको ४३ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा भने हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडको कारोबार भएको छ।

Comments

Back to top