हिमस्टार उर्जाले डाक्यो साधारण सभा, आइपीओ निष्काशनको प्रस्ताव पेश गरिने

हिमस्टार उर्जा कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको प्रस्ताव गर्दै कात्तिक ४ गते साधारण सभा आब्हान गरेको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौं महानगरपालिका–७ मा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको चयन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

Comments

Back to top