नेपाल आयल निगमले आईपीओ जारी गर्ने

नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । मङ्गलवार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औँ वार्षिक साधारणसभामा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले यो जानकारी दिएका हुन्।

कार्यकारी निर्देशक थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न समय लागेको बताए । सर्वसाधारणको समेत स्वामित्व हुने गरी निगमले आईपीओ जारी गर्ने उनको भनाइ छ ।

उनले भने, ‘सर्वसाधारणका लागि आईपीओ जारी गर्न निगम प्रतिबद्ध छ । कम्तीमा दुई वटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले समय लागेको हो । सधैँभर नेपाल आयल निगमलाई गाली गरेर हुँदैन । सबैले स्वामित्व लिनका लागि पनि आईपीओ जारी गर्नुपर्छ ।’

Comments

Back to top