प्रभु क्यापिटलका २ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज असोज १३ गते आइतबार प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

आज प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । फन्डहरुले नगद लाभांश वितरण गर्न असोज १४ गते सोमबार बुक क्लोज गर्दैछन् ।

यसर्थ, आज असोज १३ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउनेछन् । गत वर्षको नाफाबाट प्रभु सेलेक्ट फन्डले इकाईधनीहरुलाई करसहित १० प्रतिशत र प्रभु स्मार्ट फन्डका इकाईधनीलाई कर सहित ८.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।

एजेन्सी

Comments

Back to top