प्रि ओपन सेसनमा नेप्से परिसूचक २.८५ अंकले घट्यो !

आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.८५ अंकले घटेको छ। 

बिहिबार ३२.८१ अंकले घटेर २,४८६.७६ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,४८३.९१ मा खुलेको हो। कुल १८,०११ कित्ता सेयरको खरिदबिक्री करिब ७४ लाख ६५ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ४७ कम्पनीमध्ये १६ को मूल्य बढ्यो भने २४ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

यस अवधीमा कुल १२७ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top