हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको दोस्रो त्रैमासिक विश्लेषण, आईपिओ पनि आउँदै
हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकको कम्पनी विश्लेषण प्रकाशित गर्दै रु १२ करोड ४७ लाख ८८ हजार खुद नाफा कमाएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन रि-इन्सुरेन्सले १२ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसैअवधिमा यसले २९ करोड ९९ लाख ७५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । बिमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ छ । हाल यस रि-इन्सुरेन्सको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ८९ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ३५ करोड ५० लाख रुपैयाँ रहेको छ । अल्पकालिन लगानी तथा कर्जा भने ६ अर्ब ७६ करोड ५० लाख रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीले ३० लाख २८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने तयारी पनि गरेको छ ।
Comments