मेट लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप वान सार्वजनिक, डिजिटल माध्यमबाट जीवन बीमा गर्न सकिने

जीवन बीमा कम्पनी मेट लाइफ इन्स्योरेन्सले डिजिटल माध्यमद्वारा जीवन बीमा गर्न सकिने ओएनई (वान) नामक नयाँ मोबाईल एप सार्वजनिक गरेको छ ।

नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा कम्पनीको नयाँ मोबाईल एप सार्वजनिक गएिको हो । 

मेट लाइफ इन्स्योरेन्स नेपालमा वान नामक नयाँ मोबाईल एप सार्वजनिक गरेसँगै जीवन बीमा झनै सहज र डिजिटल मैत्री हुने विश्वास लिएको कम्पनीले जनाएको छ । मेट लाइफको आफ्ना अभिकर्ता तथा बीमितहरुलाई अब मोबाईल एपबाटै जोड्न सजिलो हुने नयाँ एपको शुक्रबारदेखि सुरुवात गरेको हो ।

मेट लाइफका सिईओ निर्मलकाजी श्रेष्ठले १० महिनाको रिसर्च तथा परिक्षण पछि नयाँ मोबाईल एप सार्वजनिक गरिएको जनाउँदै आम सर्वसाधारणले ढुक्क भएर बीमा सुविधा लिन सकिने बताए ।

Comments

Back to top