सुस्तायो नेप्से प्रिओपन सेसनको कारोबार
प्रिओपन सेसनमा आज मात्र ९४० कित्ताको खरिदबिक्री हुँदा ३ लाख ७५ हजार को कारोबार भएको छ भने नेप्से झिनो अंक ०.७३ ले घटेको छ।
आज माछापुच्छ्रे बैंकको करिब २६२ कित्ताको खरिदबिक्री २ प्रतिशत मूल्य घटेर भएको छ। त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्यमा पनि २% ले घटेर कारोबार भएको हो।
Comments