सांग्रिला विकास बैंकले ११.९४% ब्याजमा सेयर लोन दिने
सांग्रिला विकास बैंकले सुलभ ब्याज दरमा सेयर कर्जा योजना सार्वजनिक गरेको छ। सो योजना अनुसार बैंकले ११.९४% ब्याजमा सेयर लोन दिने जानकारी दिएको हो।
इच्छुक ग्राहकले ५० लाख रुपैयाँ बराबरको सेयर लोन यस योजना मार्फत लिन सक्नेछन्। लोन प्रक्रियाका लागि बैंकले ०.७५% सेवा शुल्क लिनेछ।
बैंकले सजिलो ऋण प्रोसेसिङ्ग र प्रतिस्पर्धी ब्याज दर दिने दाबी गरेको छ।
Comments