ग्लोबल आइएमई बैङ्कले बचतमा उच्च ब्याज दिँदै

अरु बैंकको तुलनामा ग्लोबल आइएमई बैंकले भदौ महिनामा बढी ब्याज दिने भएको छ । ग्लोबल आइएमई बैंकले भदौ महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा व्यक्तिगत निक्षेपमा अधिकतम् वार्षिक १०.८९६ प्रतिशत र संस्थागतमा अधिकतम् वार्षिक ९.३९६ प्रतिशत ब्याज व्यवस्था गरेको छ ।

सामान्यतया बैंकहरुले रेमिट्यान्स निक्षेपमा अन्य निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत धेरै दिइरहेका छन् तर ग्लोबल आइएमई बैंकले अन्य निक्षेपमा भन्दा २ प्रतिशत धेरै दिएको प्रकाशित ब्याजदरको सूचनामा देखिएको छ ।

रेमिट्यान्सतर्फ बचत निक्षेपमा वार्षिक ९.९६६ प्रतिशत र मुद्दती निक्षेपमा वार्षिक ११.८९६ प्रतिशत रहेको छ । बैंकहरुको प्रकाशित ब्याजदरलाई हेर्ने हो भने बैंकको विभिन्न बचत निक्षेप योजनाहरुमा पनि उच्चतम् ब्याजदर प्रकाशन गरेको देखिन्छ ।

बैंकको सबै नेपालीको बचत खाता तथा सोचेजस्तै बैंक खातामा वार्षिक ७.९६६ प्रतिशत र ग्लोबल रेमिट बचत खातामा वार्षिक ९.९६६ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ।

मुद्दती निक्षेपतर्फ ३ महिना वा सोभन्दा धेरै अवधि भएका मुद्दती योजनाहरुमा ग्लोबल आइएमई बैंकले वार्षिक १०.८९६ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ । उक्त मुद्दती योजनामा प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित गरेको मध्य उच्चतम् ब्याजदर हो ।

Comments

Back to top