प्रभु बैंकको एटीएम, मोबाईल तथा इन्टरनेट बैंकिङ सेवा दुई दिनको लागि बन्द हुँदै

प्रभु बैंक लिमिटेडको भदौ १ गते शुक्रबार साँझ ६ः०० बजेदेखि शनिबार राती १०ः०० बजेसम्म एटीएम लगायत मोबाईल तथा ईन्टरनेट बैंकिङ सेवाहरु बन्द हुने भएको छ ।

बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्जन अपग्रेड गर्ने प्रयोजनका लागि एटीएम, मोबाईल तथा इन्टरनेट बैंकिङ सेवाहरु बन्द गर्नुपर्ने भएकाले अस्थायी समयको लागि उक्त सेवाहरु बन्द हुने भएको हो ।

Comments

Back to top