एक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ४० अर्ब बीमा शुल्क
नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्ष २०७९/८० मा ४० अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । गत आवको साउनदेखि चैत्र मसान्तसम्ममा ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । यो शुल्क २७ लख ९२ हजार ५१३ बीमालेख बिक्री गरेर संकलन भएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत असार महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब एक करोड ३३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा यी कम्पनीहरुले २ लाख ५५ हजार ९७ वटा बीमालेख बिक्री गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा अब्बल शिखर इन्स्योरेन्स देखिएको छ । गत आवमा यस कम्पनीले ५ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । यो शुल्क दुई लाख ९८ हजार ६६ बीमालेख बिक्री गरेर आएको हो ।
त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) रहेको छ । यस कम्पनीले ३ लाख २९ हजार ९९६ बीमालेख बिक्री गरेर चार अर्ब ५८ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
Comments