राष्ट्र बैंकले ल्यायो अनलाइन पोर्टलमार्फत विदेशबाट निःशुल्क पैसा पठाउन सकिने सुविधा
राष्ट्रिय वाणिज्य बैंकमार्फत विदेशबाट निःशुल्क पैसा पठाउन पाइने भएको छ । यस बैंकको वेबसाइट, मोबाइल बैंकिङ (डिजिटल संसार) तथा इन्टरनेट बैंकिङको पोर्टलमा रहेको ‘आरबीबी रिक्वेस्ट रेमिट’बाट सजिलै अमेरिका, अस्ट्रेलिया, युरोप, गल्फ लगायत जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।
‘यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ र ट्रान्सफर प्रयोग गरी बैंकको ‘आरबीबी रिक्वेस्ट रेमिट’ पोर्टलको सेन्ड रेमिटमार्फत रकम पठाउन सक्नेछन्’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन् ।’
साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टलमार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ । ग्राहकले यो प्लेटफर्मबाटै विनिमय सटही दर पनि हेर्न सक्नेछन् ।
ग्राहकहरुले सुरक्षीत रुपमा बैंकको वेवसाइट, मोवाईल बैंकिङ्ग(डिजिटल संसार), तथा ईन्टरनेट बैंकिङ्गको पोर्टल वा सोझै https://www.rbb.com.np/content/rbb-request-remit माध्यमबाट बिना झञ्झट एक क्लिक गरी घरमै बसेर पठाउने र पाउने दुवैले रेमिटान्स सुविधाको उपयोग गर्न सक्नेछन् ।
Comments