राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा, विदेशी मुद्रा सटहीको भुक्तानी क्यूआरबाटै

माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विभाग बालुवाटारमा नेपाल पे र फोन पे दुबै नेटवर्कको क्युआर कोडसेवा सञ्चालनमा ल्याएको छ । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ बैकले क्युआर कोडसेवा सञ्चालनमा ल्याएको हो ।

उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पगेंनी एंव बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरि सुरुवात गरेका हुन् । उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा सटही लिन आउने सेवाग्राहीहरुले क्यूआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन बैंक सधैं तत्पर रहेको जनाएको छ।

Comments

Back to top