ई–कमर्स प्लेटफर्म दराजद्वारा एआई सञ्चालित च्याटबट, ‘आस्क दराज’ लन्च
ई–कमर्स प्लेटफर्म दराजले सपिङ अनुभवलाई सरल बनाउन एआई सञ्चालित च्याटबट, ‘आस्क दराज’ लन्च गरेको छ । ओपन एआईएको च्याटजीपीटीद्वारा सञ्चालित आस्क दराजले प्रयोगकर्तालाई च्याटबटसँग छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउँछ । साथै, आस्कदराजले ग्राहकको विशेष आवश्यकताको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्ने बताइएको छ ।
यसले ग्राहकलाई उच्चस्तरीय अनुभव प्रदान गरेर अफलाइन र अनलाइन किनमेलबीचको जानकारीलाई प्रस्ट पार्नेछ । दराज प्लेटफार्मका ब्रान्ड र विक्रेताले पनि आस्कदराजबाट लाभ उठाउन सक्छन् । आस्कदराजले नयाँ दर्शकहरूमाझ पहुँच पु-याउन मद्दत गर्छ । यस्तै, प्रयोगकर्ता अन्तरक्रियाको संख्या बढ्दै जाँदा दराजले एआईलाई अप्टिमाइज गरिरहने जनाएको छ ।
दराजका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकेलसेनले कम्पनीले नयाँ बजार विस्तार गर्न टेक्नोलोजीको प्रयोग गरिरहेको बताए । आस्कदराजले थप प्रयोगकर्तालाई कम्पनीसँग नजिक बनाउने उनको भनाइ छ । यस सेवाको क्षमतामार्फत दक्षिण एसियामा रिटेल क्षेत्रलाई रूपान्तरण गर्ने दराजको महायात्रा रहेको उनले बताए । दराजले हाल ३० मिलियन ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको जनाएको छ ।
Comments