जीडब्लुएमको इलेक्ट्रिक गाडीको खरिदमा प्रभु बैँकको ८०% सम्म कर्जा सुविधा

जीडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभीको खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा पाइने भएको छ । नेपालमा जीडब्लुएम सवारीको एकमात्र आधिकारिक आयातकर्ता भीजी इम्पेक्स प्रालिले प्रभु बैकसँगको सहकार्यमा यो अफर ल्याएको हो । सो ब्राण्डको गाडी आयातमा प्रभु बैंकले वित्तीय सहयोग गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार प्रभु बैंकले १२ दशमलब ०६ प्रतिशत ब्याजदरसहित अटो कर्जा प्रदान गर्नेबारेमा सम्झौता भएको छ । साथै, बैंकले आफ्नो निर्णयको आधारमा ब्याजदर समायोजन गर्न सक्ने बताइएको छ ।

अटो लोन फाइनान्सिङको लागि बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । यसको नियमित अधिकतम कर्जा अवधि पाँच वर्षको हो तर विशेष अवस्थामा, यो सात वर्षसम्म बढाउन सकिने बताइएको छ । साथै, शून्य दशमलब ७५ प्रतिशतको प्रशासन शुल्क भने बैंकले लिने सम्झौतामा उल्लेख छ । अटो कर्जाको लागि आवश्यक कागजातसहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सकिने बताइएको छ ।

Comments

Back to top