कुमारी सुनौलो लगानी योजनाको भुक्तानी अब इसेवाबाटै गर्न सकिने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबट कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने भएको छ । यो योजना कुमारी क्यापीटलको म्युचुअल फण्डको वेभसाइटमा इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको हो । 

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् । 

साथै इसेवा र इसेवा रेमिटले यूकेएआईडी एसईपी–सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत, वैदेशिक रोजगारमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सलाई सहज रुपमा लगानी गर्न शुभ लक्ष्मी कोषको एसआईपी/युनिट पर्चेज उपयोगी हुने छ । 

 

Comments

Back to top