कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच फाइभ इन वान सेवाका लागि सम्झौता
कामना सेवा विकास बैंकले सन सेक्युरिटिज प्रा.लिसँग सम्झौता गरेको छ । बैंकले उक्त सेक्युरिटिजसँग फाइभ इन वान सेवाका लागि सम्झौता गरेको हो । यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् ।
उक्त सेवा मार्फत् ग्राहकहरुले सरल रुपमा शेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।
बैंकले देशका विभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा एटिएम मार्फत ग्राहक महानुभावहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
Comments