हिमालयन ब्राेकरेजको ९९९ रुपैयाँमा डिम्याट र मेराे सेयर अकाउन्ट खोल्ने र आजीवन नवीकरणको सुविधाको घोषणा

हिमालयन ब्रोकरेज कम्पनी (ब्रोकर नम्बर ६३)ले ग्राहकको सुविधाका लागि नयाँ घोषणा गरेको छ। 

यो ब्रोकरले मात्र ९९९ रुपैयाँमा ग्राहकले डिम्याट खाता र मेरो सेयर अकाउन्ट खोल्न सक्ने सुविधा दिने घाेषणा गरेकाे छ। साथै आजीवन नवीकरण हुने घोषणा गरेको छ।

जसअनुसार ग्राहकले हिमालयन ब्रोकरेजमा ९९९ रुपैयाँ तिरेर डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नवीकरण हुनेछ। यो योजना कात्तिक महिना नवदुर्गाको नवौँ दिनसम्मका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ।

Comments

Back to top