एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुपबीच कर्पोरेट पेरोल सिप लगानी सम्झौता
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अर्न्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड र गोल्छा ग्रुपबीच सम्झौता भएको छ।
गोल्छा ग्रुपद्वारा सचांलित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलासचन्द एन्डको बिच एनआईबीएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा कर्पोरेट पेरोल सिप लगानी गर्ने उद्देश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यस सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स् तथा हंसराज हुलासचन्द एन्डका कर्मचारीहरुले आफ्नो ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।
उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड को.प्रा.लिका तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक – एच.आर नीता राणा, तथा हिम इलेक्ट्रोनिक्स् प्रा.लि.का तर्फबाट उप–प्रबन्धक नीलम केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
Comments