लिलामीमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले किन्यो
गोल्छा ग्रुप र विशाल ग्रुपले ऋण नतिरेपछि नेपाल बैंकले लिलामीमा निकालेको श्रीराम सुगर मिल्स लिमिटेड रामचन्द्र सांघाई र विरेन्द्र सांघाईको त्रिवेणी ग्रुप अन्तर्गतको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले किनेको हो ।
रिलायन्स सुगरले ४३ करोड ६० लाखमा श्रीराम सुगर मिल्स सकारेको हो ।
श्रीराम सुगर मिल्सले ऋण नतिरेपछि नेपाल बैंकले गत जेठ ३२ गते लिलामीको प्रक्रिया सुरु गरेको थियो । बैंकले साउन ४ गतेसम्म लिलाम बढाबढमा बोलपत्र पेश गर्न भनेको थियो । बैंकले न्यूनतम मूल्य ३८ करोड ११ हजार ७५५ रुपैयाँ तोकेर सूचना निकालेको भएपनि रिलायन्स सुगरले ४३ करोड ६० लाख कबोल गरेर सकारेको हो ।
Comments