टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

सिप्रदी कम्पनिजले टाटाका जेन्युइन पार्टसहरूको मूल्य घटाएको छ । हाल विद्यमान प्रतिकूल परिस्थितिको कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले टाटा कमर्सियल गाडीको जेन्युइन पार्ट्सको मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणाअनुरूप टाटा जेन्युइन पार्ट्सको मूल्य घटाइएको हो । सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्युइन् पार्ट्सको डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा साउन महिनादेखि नै समायोजित मूल्य लागू भएको कम्पनीले जनाएको छ ।

अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कशपमा गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्युइन पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिङको फाइदा उठाउन सक्ने कम्पनीको भनाइ छ । मूल्य समायोजनपश्चात् ग्राहकको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने कम्पनीले विश्वास लिएको छ ।

Comments

Back to top