टम क्रुजले टाट पल्टिन लागेको चश्मा कम्पनीलाई बचाए!

२० औं शताब्दीको सुरुमा वायुसेनाका पाइलटहरूले सगरमाथाको उचाइभन्दा माथि विमान उडाउने अनुमति पाएका थिए। ३० हजार फिटभन्दा बढी उचाइमा सूर्यको चम्किलो किरण चुनौती बनिरहेको थियो। पाइलटहरूले घामको किरणले टाउको दुख्ने गुनासो गर्न थालेका थिए। यस समस्याको समाधान गर्न, पाइलटहरुले छालाको हुडी र फर (भुवा) भएको चश्मा लगाउन थाले, तर त्यसले कुनै राहत दिएन।

यो विशेष चश्मा बनाउने आइडिया अमेरिकी वायुसेनाका कर्नेल म्याकक्रेडीलाई आएको थियो किनभने उनलाई विमान उडाउँदा पनि यस्तै समस्या भएको थियो। यो विचार लिएर उनी आँखा विशेषज्ञ जोन बोसकहाँ गए। जोन बोसले यसलाई अवसरको रूपमा हेरे र यसलाई व्यवसायमा परिणत गरे।

जोन बोसले आफ्नो व्यापारिक साझेदार लोम्बसँग मिलेर रे–ब्यान नामक कम्पनी खोलेका थिए। उनीहरूले मिलेर धेरै उचाइमा प्रयोग गर्न सकिने चश्मा बनाउन थाले। सन् १९३६ रे–ब्यानको स्थापना यसरी भएको थियो।

अमेरिकी व्यापारी बोसले एक साझेदारसँग मिलेर हरियो लेन्सको चश्मा बनाए। १९३० सम्म, उनले चश्मालाई सनग्लासको रूपमा ब्रान्डिङ गर्न थाले। उनले विज्ञापनमा आँखालाई जोगाउने वैज्ञानिक चश्माको रूपमा देखाएका थिए। यति मात्र होइन, सन् १९३७ मा बजारमा एन्टी ग्लेयर आइवेयर ल्याइयो।

यस पछि मेटल फ्रेम पेश गरिएको थियो। कम्पनी बिस्तारै प्रसिद्ध हुँदै गयो, तर दोस्रो विश्वयुद्धको समयमा, अमेरिकी सैनिकहरूले यस्तो चश्मा प्रयोग गरे। जनरल डगलस म्याकआर्थरले पनि रे–ब्यान चश्मा लगाएका थिए। ती सिपाहीहरू मार्फत त्यसको त्र्राण्डिङ्ग विश्वव्यापी रूपमा भयो र कम्पनीले पनि आपूर्ति घट्न दिएन। रे–ब्याानको यो रणनीतिले उनलाई विश्वभर प्रसिद्ध बनायो।

रे–ब्यान कम्पनी इटालीको लक्सोटिका समूहको एक हिस्सा हो। यसअघि यसको व्यवस्थापन अमेरिकी कम्पनी बोस एण्ड लोम्बले गरेको थियो। लक्सोटिका विश्वको सबैभन्दा ठूलो चश्मा कम्पनी हो। यसको विश्वव्यापी ७ हजार १०० भन्दा बढी स्टोरहरू छन्। रे–ब्यान बाहेक, लक्सोटिकाले डोल्से गब्बाना, अरमानी, भर्सासेदेखि भोग आइवेयरलगायत ३२ वटा विश्व प्रख्यात ब्राण्डका चश्माहरू बिक्री गर्छ। रे–ब्यान यस समूहको यस्तो शक्तिशाली ब्रान्ड हो कि कम्पनीको करिब ४० प्रतिशत नाफा यसैबाट आउँछ। कम्पनीले हरेक वर्ष करिब डेढ खर्बको रे–ब्यान चस्मा बिक्री गर्छ।

Comments

Back to top