प्रधानमन्त्री प्रचण्डको आरोप- मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदैछ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको आरोप लगाएका छन् ।

आज माओवादी केन्द्रसम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले एउटा पुस्तक विमोचनमा सन्दर्भवस भनेको कुरालाई बंगाएर संसद् अवरुद्ध गर्ने कोसिस भइरहेको बताए । 'खासमा यसको अर्थ अर्कै छ । मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन आज संसद्‌बाट पास हुने कार्यसूची थियो । कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छ । भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद् अवरुद्ध गरिँदैछ,’ उनले भने ।

आफूहरू सुशासन, भ्रष्टाचारविरूद्धको लडाइँमा भएको र त्यो जित्ने उनको दाबी छ । युवाहरूलाई संगठित गर्ने, प्रशिक्षित गर्ने कुरा महत्त्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले युवाहरूमा विश्वास गरेर नयाँ ढंगले अगाडि बढ्ने बताए । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको दाबीसमेत गरे ।

Comments

Back to top