सरदार प्रीतम सिंहको नाम जोडेर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति लज्जास्पद : कमल थापा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली पुगेको भन्नु लज्जाको विषय भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले फेसबुकमार्फत प्रधानमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाएका हुन् ।

काठमाडौंमा सोमबारआयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरदार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली पुगेको बताएका थिए ।

त्यसको विरोध गर्दै थापाले लेखेका छन्, 'प्रितम सिंहबारे प्रचण्ड : मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो' । प्रम प्रचण्डको यस भनाईले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ । तर, दु:खको कुरा के हो भने, यो भनाई २०६३ पछिको धरातलीय यथार्थ हो । आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो ।'

Comments

Back to top