संसदीय समितिका सभापति चयन गर्न शीर्ष नेता सहमत

प्रमुख तीन दलका शीर्षनेताहरु संसदीय समितिका सभापति चयन गर्न सहमत भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेको आह्वानमा बसेको बैठकमा शीर्षनेताहरु संसदीय समितिका सभापति चयन गर्न सहमत भएका हुन् । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको हो । 

बैठकमा सहभागी कानुनमन्त्री धनराज गुरुङका अनुसार संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको छ । पूर्वसहमतिअनुसार नै चाँडै सभापति चयन गर्न नेताहरु सहमत भएका उनको भनाइ छ । 

 

Comments

Back to top