नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!
आज आइतबार नेप्से बजार १८.५५ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१३० को नजिक आएको छ। १८.५५ अङ्कले घटेर नेप्से परिसूचक २१३२.४४ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब ११ करोड ८२ लाखको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा बिपीडब्लु लघुवित्त रहेका छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा धौलागिरी लघुवित्त रहेको छ।
Comments