लाल्टिन साप्ताहिक समिक्षा: हिमालयन लाइफलाई टप ब्रोकरले गरे डम्पिङ्ग

केहि साता देखि बुलिश सेन्टीमेन्टमा रहेको नेप्सेमा यस साता पनि हरियाली दोहोरिएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २०५७.३७ को बिन्दुमा खुलेको नेप्से ९५.४६(४.६४ प्रतिशत)ले बढ्दा साताको अन्तिम कारोबार दिन बुधवार सूचक २१५०.९९ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ। 

नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)


प्राविधिक विश्लेषण

पछिल्लो साता नेप्सेले अप्पर ब्याण्डको एरियामा रेसिस्ट्यन्स लिएर इन्भर्टेड ह्याम्मर क्यान्डल स्टिक बनाएको भएता पनि यस साताबाट नेप्से अप्पर ब्याण्डलाई मोडीफाई गर्ने क्रममा रहेको देखिन्छ।   

एमएसिडि लाईन यस साता -११.७८ बाट बढेर  ४.७८मा आएको छ र हिस्टोग्राम यो साता बढेर १७.७४ बाट २७.४३ मा पुगेको छ जसले बजारमा खरिद चाप यस साता बढेको देखिन्छ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन बढेर -२२.६५ मा आएको छ। +१४ डिएमआई लाईन अहिले ३२.३७ मा रहेको छ भने  -१४ डिएमआई लाईन १५.४९ मा रहेको छ। ए.डी.एक्स १४.९७ मा रेहको छ जसले अहिले सम्मको ट्रेन्डको स्ट्रेन्थ निकै कम भएको जनाउछ। आरएसआइ ५६.४८ बाट बढेर ६१.८८ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी बढेको देखिन्छ ।

बजारमा पहिलो सपोर्ट २०६०को एरियामा र त्यस पछि बोलिंगेरको मिडल ब्याण्ड  करिब १९६५ को एरियामा देखिन्छ भने अबको प्रतिरोध २२१० मा रहने छ। बजारमा एमएसीडीले बुलिश क्रस दिएको भए पनि एडीएक्स २० भन्दा मुनि रहेसम्म बजारमा कुनै पनि ट्रेन्डको स्ट्रेन्थ नरहेको बुझ्न सकिन्छ। 

Comments

Back to top