सेयर बजार ३५.३७ अंकले घट्याे, कहाँ रोकिएला करेक्सन ?


बढेको बजारबाट ट्रेडरले नाफा सुरक्षित गर्दा बुधबार नेप्से सूचक प्रभावित भएको छ । तर, बजारले २२ सयको मनोवैज्ञानिक विन्दुलाई पार गरेर करेक्सनमा गएको हो । यस दिन नेप्से सूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा अडिएको छ । ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८११ रुपैयाँको कारोबार भएको छ । 
 
बजार खुल्ने वित्तिकै नेप्से २२ सय विन्दु माथि गएता पनि त्यसपछि बजारमा नाफा बुक गर्नेहरु हावी भए, फलस्वरुपः बजार पुनः घटेर २२ सय विन्दुभन्दा तल आएको हो । 

नेप्सेको २ घण्टाको चार्ट हेर्दा हाल चलिरहेको इम्पल्सिभ वेभको तेस्रो वेभ भित्रको पाचौ वेभ सकिएको देखिन्छ।  हाल चलिरहेको वेभको चौथो वेभ तेस्रो वेभको 0.३८२सम्म रिट्रेस हुने हुदा अब बजार २०७० को एरिया सम्म आउन सक्ने अनुमान लगाउन सकिन्छ।  

बजारमा पाचौ वेभ चल्दा आरएसआइमा डाइभर्जेन्स देखिन्छ भने भोल्युम पनि थिर्ड वेभको भन्दा कम हुने गर्दछ।  यस समयमा बजारका टप गेनर्समा पेड अप सानो भएका कम्पनि जस्तै कि हाइड्रो, फ़ाइन्यान्स र डेभेलपमेन्ट बैंकहरु हुन्छन। 

Comments

Back to top