नेप्सेमा ३५ अंकको गिरावट, कारोबार रकम ५ अर्ब ९७ करोड २२ लाख!

आज बुधबार ३५.३७ अङ्कले घटेर १.६२% गिरावटका साथ नेप्से परिसूचक २१५०.९९ अङ्कमा बन्द भएको छ। कारोबार भएका २८० कम्पनीमध्ये ३६ कम्पनी उकालो लागेका छन्, १८८ कम्पनी ओरालो लागेका छन् भने १  कम्पनी स्थिर रहेको  छ।

कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा हिमालयन लाइफ इन्स्योरेन्स र बिपीडब्लु लघुवित्त रहेका छन् जसको १०% मूल्य बढेर  कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा इन्ग्वा हाईड्रोपावर रहेको जसको सेयर मूल्य ६.६४% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा  र भोल्यूममा  हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ। 

Comments

Back to top