सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सामुदायिक लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । २२ असारमा वार्षिक साधारणसभा बोलाएको कम्पनीले बिहीबार बुक क्लोज गर्दै छ । तसर्थ, बुधबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।
सभामा गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ५% नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ । सभा मार्फत संस्थापक समूहको सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन पनि गरिने छ ।
Comments