नेप्सेमा ५६ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ४७ करोड ६२ लाख!
आज मंगलबार ५६.९४ अङ्कले बढेर २.६७% वृद्धिका साथ नेप्से परिसूचक २१८६.३६ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७५ कम्पनीमध्ये १८७ कम्पनी उकालो लागेका छन्, ३४ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा हिमालयन लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, निर्धान उत्थान लघुवित्त, नेरुदे लघुवित्त, ग्रामिण विकास लघुवित्त, लक्ष्मी लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, जनउत्थान लघुवित्त, र विजया लघुवित्त रहेका छन् जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिक्लेस हाईड्रो पावर जसको सेयर मूल्य ३.८८% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा स्वाबलम्भन लघुवित्त र भोल्यूममा सोल्टी होटेलको कारोबार भएको छ।
Comments