नेप्से इन्ट्राडे अपडेट: भारी अंकको वृद्धि!

आज मंगलबार नेप्से बजार ३८.३८ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१७० को नजिक आएको छ। ३८.३८ अङ्कले बढेर नेप्से परिसूचक २१६८.६१ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब ४८ करोड ९८ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा हिमालयन लाइफ इन्स्योरेन्स, किसान लघुवित्त, जनउत्थान लघुवित्त, र विजया लघुवित्त  रहेका छन् जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा समलिंग पावर रहेको छ।

Comments

Back to top