सेयर बजार ११.६९ अंकले बढ्याे, केहि दिन करेक्सन आउन सक्ने !

सेयर बजारले उकालाे यात्रालाई साेमबार पनि कायमै राखेको छ । यस दिन नेप्से सूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । बैंकिङ प्रणालीमा देखिएकाे तरलतामा सहज बन्दै गएपछि सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको हाे । 

बजारलाई सूक्ष्म रुपले केलाउने हो भने आज तेस्रो वेभ भित्रको पाचौ वेभ सकिएको देखिन्छ।  पाचौ वेभ पछि आउने करेक्सन भोलिबाट सुरु हुन सक्ने देखिन्छ किन भने आज बजारमा इन्भर्स ह्याम्मर आकारको क्यान्डल बनेको छ जसले बजारमा बिक्रि चाप रहेको जनाउछ।  बजारमा अब आउने करेक्सन २०८०( तेस्रो वेभको 0.७८६ )सम्म हुन सक्ने अनुमान लगाउन सकिन्छ। त्यस पछि बजारमा पाचौ वेभ आउछ जसमा सानो पुँजी भएका कम्पनि तर्फ लगानीकर्ता बढी आकर्षित हुने छन्।  

पछिल्लो समय सेयर बजार बढिरहँदा लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । सोमबार माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । यसअघि, होटल तथा पर्यटन समूह र बिमा समूहहरुमा लगानीकर्ता झुम्मिएका थिए । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा ब्याजदर पनि घट्न थालेको छ । सोमबार २७९ कम्पनीको ११ कराेड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

Comments

Back to top