नेप्सेमा केही अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ३१ करोड २४ लाख!
आज सोमबार ११.६९ अङ्कले बढेर ०.५५% वृद्धिका साथ नेप्से परिसूचक २१२९.४२ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७९ कम्पनीमध्ये १२३ कम्पनी उकालो लागेका छन्, ९८ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ८ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा हिमालयन लाइफ इन्स्योरेन्स रहेका छन् जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सुपर माडी हाईड्रो पावर जसको सेयर मूल्य ६.९४% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा शिभम् सिमेन्टको कारोबार भएको छ।
Comments