विन नेपाल लघुवित्तको साधारणसभा बस्दै
विन नेपाल लघुवित्तको साेमबार वार्षिक साधारणसभा बस्दैछ । काभ्रेकाे बनेपामा बस्न लागेकाे सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।
यस्तै, अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइनेछ । सभा प्रयोजनका लागि कम्पनीले असार ५ गतेदेखि १० गतेसम्म बुक क्लोज गरीसकेको छ । तसर्थ, असार ४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
Comments