डिप्रोक्स लघुवित्तबाट प्राप्तिपछि आदर्श लघुवित्त, डिप्रोक्स लघुवित्तको नामबाट सूचीकृत
आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्तिपछि कायम हुन आएको शेयर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्तको शेयर कारोबारमा आउने गरी डिप्रोक्स लघुवित्तको नाममा सूचीकृत भएको जानकारी गराएको हो । आदर्श लघुवित्तको कुल २ लाख ४८ हजार ४०० कित्ता शेयर डिप्रोक्स लघुवित्तको नामबाट थपिएको छ । आदर्श लघुवित्तलाई १ः१ अनुपातमा डिप्रोक्स लघुवित्तले प्राप्ति गरेको थियो ।
प्राप्ति प्रयोजनको लागि आदर्श लघुवित्तको शेयर यसअघि नेप्सेले रोक्का राखेको थियो । आदर्श लघुवित्तलाई प्राप्ति गरी डिप्रोक्सले गत असार १ गतेबाट एकीकृत कारोबार शुरु गरिसकेको छ ।
Comments