नेप्से पाचौ वेभमा, बजार ६२.२१ अंकले बढ्याे !
सेयर बजार ६२.२१ अंकले बढेकाे छ । नेप्से सूचकले आइतबार आमलागनीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने २१ सय विन्दुलाई पार गरेर बन्द भएको छ ।
नेप्से सूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ । ६ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो । पछिल्लो समय लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । आइतबार बिमा समूहमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ ।
इलिओट वेभ प्यटर्नबाट हेर्ने हो भने बजारले २०४०को एरियामा चौथो वेभ सकेर पाचौ वेभ सुरु गरेको देखिन्छ। सामान्यता पाचौ वेभको टार्गेट पहिलो वेभको लम्बाई बराबर हुन्छ जस अनुसार अबको टार्गेट २२३२मा देखिन्छ। बजार यस बिन्दु भन्दा माथि फिबोन्याची लेभेल 1.३८२ (२३०९) वा १.६१८(२३६०) सम्म पनि जान सक्छ जस्ले बजारलाई बल्लुन जस्तो गराउछ। पाचौ वेभमा प्राय लगानीकर्ताको मनोविज्ञान 'बजार अब कहिले तल आउदैन र ऋण खोजेरै भए पनि लगानी गर्नुपर्छ' भन्ने खालको हुन्छ।
बैंकहरुमा तरलता बढेको कारण देखाएर राष्ट्र बैंकले चलेको कदमलाई पनि मध्य नजर लगाएर लगानी गर्नु उचित देखिन्छ। तत्काल बजारलाई सपोर्ट २०४०को बिन्दुमा रहने छ।
Comments