नेप्सेमा ६२ अंकको वृद्धि, कारोबार रकम ६ अर्ब ४९ करोड ४ लाख!

आज आइतबार ६२.२१ अङ्कले बढेर ३.०३% वृद्धिका साथ नेप्से परिसूचक २११७.७३ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७५ कम्पनीमध्ये १८९ कम्पनी उकालो लागेका छन्, ३२  कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।


प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबि ५०, र समलिंग पावर    रहेका छन् जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा शुभम पावर कम्पनी जसको सेयर मूल्य ६.४१% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा शिभम् सिमेन्टको कारोबार भएको छ। 

Comments

Back to top