काठमाडौँ महानगरपालिका १० मा शेयर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न!

शेयर लगानी सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम पहिलो पटक काठमाडौँ महानगरपालिका १० मा सम्पन्न भएको छ।

काठमाडौँ महानगरपालिका वडा न:१० र नेपाल शेयरधनी संघद्वारा आयोजना भएको शेयर सम्बन्धी  प्रशिक्षण कार्यक्रम नागरिकको जीवनस्तर उकास्न मद्दत मिल्ने भएकोले विभिन्न निकायसँग मिलेर शेयर सम्वन्धी तालिमको आयोजना गरिएको थियो। 

प्रशिक्षणका संयोजक तथा  अध्यक्ष लता चन्द शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा सोही वडाका वडा अध्यक्ष राम कुमार के.सी रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि के.सीले काठमाडौँ जिल्लामा यस्ता खालका प्रशिक्षण कार्यक्रमले शेयर बजारमा लगानी गर्न नयाँ शेयरदाताहरुलाई थप मद्धत पुग्ने बताएका थिए । उनले दुई दिने प्रशिक्षण कार्यक्रमबाट भरपुर फाईदा लिन सहभागीहरुलाई आग्रह पनि गरेका थिए।

सो प्रशिक्षणका संयोजक लता चन्द शाहले स्थानीयलाई वित्तिय साक्षरता तालिम प्रदान गर्ने क्रममा महानगर–१० ले शुक्रवार र शनिवार शेयर किनवेच सम्वन्धी सम्वन्धीत विज्ञमार्फत तालिम प्रदान गरेको जानकारी दिएकी थिइन्। 

प्रशिक्षण कार्यक्रममा ग्रोथ स्कुलमा आवद्ध प्रशिक्षकहरू अमुल्य आचार्य, मुक्ति अर्याल लगायत  तिलक कोइराला, सुवासचन्द्र भट्टराई, युवराज भुसाललगायतले शेयर किनवेच गर्ने प्रक्रिया, यसका लागि आवश्यक जानकारी, यसको फाइदा र नोक्सानीको अवस्थाबारे जानकारी दिएका हुन्।  सो कार्यक्रममा करिब १५० जना स्थानीयको सहभागीता रहेको थियो।

Comments

Back to top