नेप्सेमा झिनो अंकको सुधार, कहाँ रोकिएला बजार ?
सेयर बजार ४.७५ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५२ बिन्दुमा पुगेको छ । २२६ सूचीकृत कम्पनीहरुको ८० लाख ८ हजार २४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ।
२०५४.६२मा ओपेनिङ्ग भएको नेप्सेले इन्ट्राडे हाइ २०७४.३८सम्म बनाए पनि सो बिन्दुमा आएको विक्री चाप थेग्न नसक्दा बजार झरेर २०५५मा क्लोजिङ्ग दिएको हो। बजारले हाल चलेको र्यालीको च्यानलको अप्पर लाइनमा सपोर्ट लिएर फर्किए नँया लगानीको लागि अवसर मिल्ने थियो।
चारबाहेक सबै उपसूचक राताम्मे भएको छ। होटल एण्ड टुरीजमको सेक्टर आज पनि चम्किएको छ। त्यस्तै, जीवन बिमा कम्पनी, निर्जिवन बीमा र अन्य क्षेत्रको उपसूचकमा सुधार देखिएको छ।
सोल्टी होटलमा लगानीकर्तहरुको आकर्षण बढी देखिएको छ । हिमालयन डिष्टलरी, शिवम् सिमेन्टस्, आइएमयृ प्रुडेन्सियल, नागरिक लगानी कोष, तारागाँउ रिजेनसी, सूर्या ज्योति लाइफ, नेपाल लाइफ, ओरियन्टल होटल र एशियन लाइफको सेयर सर्वाधिक कारोबारको लिस्टमा पर्न सफल भएको छ।
सिटिजन्स म्युचूअल फण्ड १ को शेयरमूल्य सर्वाधिक घटेको छ । फण्डको शेयरमूल्य ८.४१ प्रतिशतले घटेको छ । इङ्वा हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त, कालिका पावर कम्पनी, एनआईबिएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको सेयरमूल्यमा सामान्य गिरावट आएको छ ।
Comments