नेप्सेमा केही अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ४४ करोड ४८ लाख!

आज बिहीबार  ४.७५ अङ्कले बढेर ०.२३% वृद्धिका साथ नेप्से परिसूचक २०५५.५३ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७६ कम्पनीमध्ये ७४ कम्पनी उकालो लागेका छन्, १४७  कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका ९ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप तारागाउँ रिजेन्सी होटेल, ओरेन्टल होटेल, कालिन्चोक दर्शन, र बिपीडब्लु लघुवित्त रहेका छन् जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिटिजन्स म्युचल फण्ड जसको सेयर मूल्य ८.४१% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा सोल्टी होटेलको कारोबार भएको छ। 

Comments

Back to top