४० प्रतिशत डाउनपेमेन्टमा सामसुङ मोबाइल एक घण्टाभित्र खरिद गर्न सकिने

सामसुङ मोबाइलको पहुँच हात हातमा पुर्याउने लक्ष्यसहित सामसुङ नेपालले किस्ताबन्दी सुबिधामा जुनसुकै मोबाइल खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ ।

सामसुङ इन्स्टा फाइनान्स सेवा मार्फत कुनै झन्झटबिना ग्राहकलाई १ घण्टामै किस्ताबन्दीमा मोबाइल खरिद गर्न सकिने गरी यस्तो योजना ल्याएको हो ।

ग्लोबल सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सुङजुङ पार्कले नेपालमा इएमआई योजना सार्वजनिक गरेका छन । उनले सामसुङका मोबाइल खरिद गर्दा बैंकमा जानु पर्ने अप्ठेरो हटेको बताए। ग्राहकले सामसुङका आउटलेटस्बाट सहजै फाइनान्समा मोबाइल खरिद गर्न सकिने बताए।

सामसुङ नेपालका निर्देशक प्रणिरत्न स्थापितले स्मार्ट फोन अत्यावश्यक भएको बताउँदै बैंकिङ फाइनान्स गर्दा धेरै झनझट रहेको उल्लेख गरे। उनले ४० प्रतिशत डाउनपेमेन्ट मार्फत २५ हजार माथिका मोबाईलमा खरिद गर्न सक्ने बताए ।

‘यो योजना ३ महिनादेखि १ वर्षसम्मको किस्ताबन्दीमा मोबाइल खरिद गर्न सकिने छ’ उनले भने ‘खरिद कर्ताले नागरिकता र ग्यारेन्टीको नागरिकता र आम्दानीको स्रोत देखाउनु पर्छ। किस्तामा खरिद गर्दा ब्याज लाग्दैन।’

कम्पनीका अनुसार यो किस्ताबन्दी सुबिधाका लागि आवेदकको नागरिकता र फोटा तथा ग्यारेन्टरको नागरिकता र फोटा आवश्यक पर्छ । यस्तै स्यालरी रर्टिफिकेट वा बैंक स्टेटमेन्ट अनिवार्य छ ।

व्यवसायको हकमा व्यापार रजिस्ट्रेसन डकुमेन्ट, कर चुक्ता डकुमेन्ट रेन्टल आम्दानी वा ओनरसिप डकुमेन्ट र बत्ती वा पानीको बिल आवश्यक पर्छ । यी डकुमेन्ट तयार भएको एक घण्टामै मोबाइल पर्ने कम्पनीले जनाएको छ ।

Comments

Back to top